राजनीति

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले सरकार सर्वसत्तावादी भएको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी बनाउने भेलाले निर्णय गरेको छ।

हेटौंडामा सम्पन्न भेलाले २१ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै  कम्यूनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न , राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक , ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया,  मौलाउदै गएको दण्डहिनता  आदिबाट वर्तमान सरकार सर्वसत्तावाद(उन्मूख रहेको उल्लेख छ।

कम्युनिष्ट सरकार बनेपछि आम नागरिकले चर्को मुल्यबृद्धिको उपहार प्राप्त गरेको कांग्रेसको ठहर छ। 'मुल्यबृद्धि बारे एकातर्फ प्रधानमन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति र मूल्य वृदीको विरोधमा आम विद्यार्थीहरूको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रस्ट्याएको छ', पत्रमा भनिएको छ।

 


 

प्रकाशित: ८ असार २०७५ ०८:०१ शुक्रबार

कांग्रेस जिल्ला सभापतिहरुको भेला सरकारले जनतालाई महंगी उपहार दियो घोषणापत्र सहित