राजनीति

सरकारमा थपिए दुई मन्त्री

काठमाडौं- संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद इस्तियाक राईले शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन्।

सरकार र फोरमबीच संविधान संशोधनको विषयमा सहमति भएको थियो। सहमती पश्चात फोरम सरकारमा आउन तयार भएको थियो। यादव सप्तरी  २ र राई बाँके– २ बाट निर्वाचित सांसद हुन्।

उनीहरुलाई राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७६ उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीको रुपमा नियुक्त गरेकी छन्। मन्त्री यादव र राईले आजै सपथ गर्दैछन्। यो सँगै मन्त्रीपरिषद २४ सदस्यीय भएको छ।

 

प्रकाशित: १८ जेष्ठ २०७५ ०९:१९ शुक्रबार

सरकारमा थपिए दुई मन्त्री