राजनीति

मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा : अाेली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् । उनले संसदमा बोल्दै प्रधानमन्त्री मोदीको भ्रमण उपलब्धिपूर्ण र दुई देशको हितमा भएको बताए ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण उपलब्धिपूर्ण भएको छ । नेपालको पक्षमा भएको छ, भारतको पक्षमा भएको छ,’ उनले भने, ‘यसमा हामी दुवै देशले लाभ लिन सक्नुपर्छ ।

उनले मोदीले नेपाल रहँदा के के गरे भन्ने कुरा संसदमा जानकारी दिँदै जनकपुर, काठमाडौं र मुस्ताङमा भव्य, सभ्यरुपमा स्वागत भएको जानकारी गराए ।
उनले भेटवार्ताका बेला दुवै देश सार्वभौमसत्ता सम्पन्न भएकाले एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति भएको बताए । 
उनले भेटवार्तामा नेपाल–भारतबीच भएका सबैखाले समस्याहरु समाधान गरेर अगाडि बढ्ने सहमति भएको बताए । ‘नेपाल–भारतबीच चरम ब्यापार असन्तुलन छ, डुबानको समस्या छ, ती सबै समस्या समाधान गरेर अगाडि बढ्ने सहमति हामीले गरेका छौं, जुन दुबै देशका लागि उपलब्धिपूर्ण हो,’ उनले भने । 
 

प्रकाशित: ३० वैशाख २०७५ ०६:२८ आइतबार

मोदीको भ्रमण उपलब्धिपूर्ण दुई देशको हितमा अाेली