राजनीति

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

गुल्मी – मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम बिष्फोट भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आमहड्तालको पूर्वसन्ध्यामा शुक्रबार राति बम बिष्फोट भएको हो।

जिल्लाको सदरमुकाम तम्घास नजिकै राती १० वजे बम विस्फोट भएको प्रहरीले जनाएको छ। त्यस्तै जिल्लाको रुरु गाउँपालिको बलेटक्सार बजार नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए।

बलेटक्सारमा पनि शुक्रबार राति १० वजेतिरको समयमा बम विस्फोट भएको स्थानीय अञ्जु कडेल केसीले बताइन्। अञ्जुका अनुसार बजारमै बम विस्फोट भएपछि स्थानीयवासीहरु त्रसित भएका छन्। यस्तै शुक्रबार मध्यरातमा रुरु गाउँपालिका १ रिडी क्षेत्रमा पनि बमको ठुलो आवाज आएको बताइएको छ।

बम कस्ले किन विस्फोटक गराएको हो भन्ने वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले े आह्वान गरेको आमहड्तालका कारण गुल्मीको जनजिवन विहानैदेखि प्रभावित भएको छ।

प्रकाशित: २२ वैशाख २०७५ ०४:२८ शनिबार

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट