राजनीति

अर्काको मुख ताकेर कर्णालीको विकास सम्भव छैन : मुख्यमन्त्री शाही

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने बताएका छन्। आफूले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै उनले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने बताए। 

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडाक)ले शनिवार सुर्खेतमा आयोजना गरेको कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विदेशीका कारण कर्णालीको विकास भएन भन्ने धारणा हटाउनुपर्ने विचार व्यक्त गरे। विहान सडक सरसफाई कार्यक्रममा सहभागी भई सम्मेलनको उद्घाटन गर्न पुगेका उनले श्रमप्रति सम्मान गर्ने भावनाको विकास गर्न प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिनका रुपमा मनाउन थालेको जानकारी दिए। 

कर्णालीको विकासका लागि प्रदेश सरकार महत्वकाँक्षी योजनाका साथ अगाडि बढेको बताउँदै शाहीले भौतिक पुर्वाधार, पर्यटन, जलविद्युत, कृषिको विकास सरकारको नीति कार्यक्रममा उच्च प्राथमिकताका साथ आएको जानकारी गराए। 

कर्णालीको विकासका लागि दातृ निकाय, सरकार, एनजीओ आईएनजिओ र नीजि क्षेत्रको लगानीलाई एकद्धार नीतिमा परिचालन गरिने भन्दै उनले एनजिओ आईएनजिओलाई निषेध नभई सरकारको नीति कार्यक्रमको प्राथमिकताका आधारमा नियमण गरिने स्पष्ट पारे।

प्रकाशित: १५ वैशाख २०७५ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App