राजनीति

पूर्वविशिष्टको सुविधाबारे अनर्गल प्रचार भयो, हामीलाई थाहा छैन : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन्। शुक्रवार नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। 

उनले आफूहरू समेत सरकारमै भएपनि पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेकाबारेमा केही जानकारी नभएको बताए। उनले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरूलाई अप्ठ्यारोमा पार्न खोजिएको दाबी समेत गरेका छन्। 

उनले भने, ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पर्वहरूलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ। अहिले हामी पनि सरकारमा छौँ, तर हामीलाई केही थाहा छैन। कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला? अहिले ल्याएर राखिदिएपछि दलहरूलाई अप्ठ्यारोमा पार्ने हुन्छ।’ उनले भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न समेत सबैमा आग्रह गरेका छन्। 

प्रकाशित: १ चैत्र २०८१ १९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App