राजनीति

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

अभिभावक विहीन बालिकाको अभिभावकत्व ग्रहण गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई। तस्बिर/नागरिक

खोटाङ – प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खोटाङमा अभिभावक विहीन बनेकी बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गरिदिएका छन्।

प्रतिनिधिसभा सदस्य भट्टराईले बाबु विदेशमा भएको र आमाले दोस्रो विवाह गरेपछि अभिभावक विहीन बनेकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी ७ वर्षीय बर्षा तामाङलाई अभिभावकत्व ग्रहण सहित विद्यालयमा भर्ना गरिदिएका हुन्।

‘हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ जिल्लाभर विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेका बेला खोटाङ बजार नै घर भएका प्रतिनिधिसभा सदस्य भट्टराईले आइतबार बालिका तामाङलाई स्थानीय शिवालय आधारभुत विद्यालयमा कक्षा १ मा भर्ना गरिदिएका हुन्।

अभिभावक विहीन बालिकालाई पोसाक, झोला, शैक्षिक सामग्री उपलव्ध गराएर विद्यालयमा भर्ना गरिएको हो। प्रतिनिधिसभाका सदस्य भट्टराईले कक्षा १० सम्म पढाउनेगरी बालिकाको अभिभावकत्व ग्रहण गरेका हुन्।

भएकी कान्छी आमाले हेरचाह नगर्ने र बस्दै आएको घरमा समेत शंकास्पद आगलागी भएपछि बालिकाको बिचल्नी भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए। ‘शिक्षाबाट कोही बञ्चित नहुन्’ भन्ने लक्ष्यकासाथ जिल्लामा वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको छ।

प्रकाशित: ९ वैशाख २०७५ १०:४८ आइतबार

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा वर्षीया बालिकाको अभिभावकत्व ग्रहण