डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशन आगामी माघ २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ।
नयाँ शक्तिले पार्टीका सबै पदाधिकारी निर्वाचनमार्फत चुन्ने नीति लिएको छ। यही नीतिअनुरूप पार्टी अध्यक्षमा युवा नेता नेत्र चापागाईंले उम्मेदवारी दिँदैछन्।
उनले महाधिवेशनमा आफ्नो तर्फबाट छुट्टै दस्ताबेजसमेत प्रस्तुत गर्दैछन्। चापागाईंले आफ्नो दस्ताबेजमा अन्तरपार्टी लोकतन्त्रलाई पारदर्शी बनाउने उल्लेख गरेका छन्। कसरी बनाउने भन्नेबारे उनले १० बुँदामा स्पष्ट पारेका छन्।
'कर्मचारी, शिक्षकहरूको सङ्गठन हाम्रो पार्टीले नबनाउने,' उनले दस्ताबेजमा भनेका छन्, 'युवा र विद्यार्थी सङ्गठनलाई उद्यमशीलतासँग जोड्नेछौँ।'
यस्तै उनले पार्टी र नेतृत्वका पाँच गल्तीहरू औँल्याएका छन्। उनले चुनाव चिह्न सापट लिएर निर्वाचन लड्नुलाई पहिलो गल्ती भनेका छन्।
यस्तै वाम एकतामा हात उठाउनु, उपेन्द्र यादवसँग एकता गर्नु, जसपा निर्माण गर्नु र पछिल्लो संसदीय निर्वाचनमा डा. बाबुराम भट्टराईले आफ्नो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि छाड्नु गल्ती भएको चापागाईंले आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन्।
पूर्णपाठ हेर्न यसलाई ब्राउजरमा लानुस्-
file:///C:/Users/nagarik.intern/Downloads/नेत्र%20चापागाईं-1.pdf
यो पनि पढ्नुहोस्
नेसपामा ७० वर्षीय बाबुरामलाई चुनौती दिँदै ३५ वर्षीय नेत्र
प्रकाशित: २४ माघ २०८१ १८:०५ बिहीबार