राजनीति

'कमरेडलाई गम्भीर चिन्ता छ'

नेकपा (माओवादी केन्द्र)का नेता राम प्रसाद सापकोटाले नेताहरूलाई पार्टी, नेतृत्व, आन्दोलन र सामूहिकताबाहेक हर कुरामा चिन्ता रहेको भन्दै व्यङ्ग्य कसेका छन्।

शुक्रबार (आज) बिहान फेसबूक ह्यान्डलमा लेखेका छन्, 'पार्टी, नेतृत्व, आन्दोलन र सामूहिकताबाहेक हर कुरामा चिन्ता छ। मुख-मुखमा केन्द्रिकरण, मनमनमा विकेन्द्रिकरण! क्या गजब।'

उनले आफूबाहेक कसैको चिन्ता नरहेको पनि लेखेका छन्। 'अँ त नि, हामीलाई खुब चिन्ता छ। म के हुन्छु भन्ने चिन्ता छ। मैले के गर्दा के पाउँछु भन्ने खुब चिन्ता छ। प्राप्तिका लागि  प्राकृत-अप्राकृत सबै कुरा कसरी गर्ने ? कमरेडलाई गम्भीर चिन्ता छ,' उनले भनेका छन्।  

उनी थप्छन्, 'एउटाकोमा बिहानको चिया खायो- तपाईंकै हुँ भन्यो, उचाल्यो। अर्कोकोमा खाना खान पुग्यो- उसलाई नि नछोड्नुस् है भन्यो, उचाल्यो । दिउँसो खाजा अर्कोकोमा गएर खायो- उसलाई उचाल्यो। आज भेट्नुपर्ने को छुट्यो होला ? आज भन्नुपर्ने के छुट्यो होला ? चिन्ता छ। साँझ घर फर्केर बडो अभिमानका साथ चिया, खाना र खाजाको संयोजनकारी पोस्ट पोस्ट्यायो। यति गरेपछि कमरेड भोलिपल्ट बिहानको चियाको सेड्यूअल छुट्ला भनेर अल्राम सेट गरेर बडो ठूलो चिन्तनका साथ घुर्न थाल्छ।'

प्रकाशित: ११ माघ २०८१ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App