राजनीति

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सरकारको सिफारिस

संसद्को हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउन सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन बोलाउनेबारे सोमबारनै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । 

सभामुखसँगकाे छलफल गरेर सरकार गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसद्‍को अधिवेशन बोलाउने प्रावधान छ। वर्षे अधिवेशन भने भदौ ३१ गते अन्त्य भएको थियो ।

प्रकाशित: ७ माघ २०८१ १६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App