राजनीति

तीन संसदीय समितिको बैठक बस्दै

आइतबार (आज) तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान साढे दश बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ। 

बैठकमा  नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०) का सम्बन्धमा छलफल हुनेछ। आज दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। 

बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्तासँग छलफल हुनेछ। त्यस्तै बिहान साढे एघार बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ। 

प्रकाशित: ६ माघ २०८१ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App