राजनीति

एमाले महासचिव पोख्रेलसहित शीर्ष नेताहरू आज धनकुटा आउँदै

नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउने भएका छन्। माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लागेका हुन्।

कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्ने एमाले धनकुटा प्रचार विभागले जनाएको छ।

सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए। कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ।

एमाले माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको हो। निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ।

यो अभियानमा सङ्गठनका कमीकमजोरीको मूल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बोधनको प्रयास गरिने एमालेले जनाएको छ।

प्रकाशित: ६ माघ २०८१ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App