नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताएका छन्। शुक्रवार निजी क्षेत्रका उद्यमीसँग ‘पोलिसी रिफर्म’ विषयक छलफलपछि गगनले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्।
‘निजी क्षेत्रका साथीहरूसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन हामीले गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा छलफल गर्यौँ,’ गगनले लेखेका छन्, ‘अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित हुनुहुन्छ।’
आफूले अहिले भन्दा सहज काम गर्न सकिने वातावरणका विषयमा पनि छलफल गरेको गगनले उल्लेख गरेका छन् । ‘हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौँ। अब सुधारको रफ्तार बढाउनुपर्छ,’ गगनले लेखेका छन्।
प्रकाशित: ४ माघ २०८१ १५:२१ शुक्रबार