राजनीति

वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो : भट्टराई

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीति कसैको लहडमा नभइ युगको आवश्यकताले जन्माउने बताएका छन् ।

मङ्गलबार (आज) आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत भट्टराईले यस्तो बताएका हुन् ।

'वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो,' उनले भनेका छन्, 'सत्य र न्यायको कर्म र ज्ञान-विज्ञानको खोजी एकै झट्कामा पूरा हुने विषय हैनन् । अन्तिम सफलता थुप्रै असफलताको चरण पार गरेर मात्र प्राप्त हुन्छ।'

उनले नेपालका पुराना दलहरूलाई धोइपखाली गर्नतिर नलागेर नयाँ वैकल्पिक शक्ति निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । 'पुराना शक्तिहरूलाई धोइपखाली गर्न वा उनीहरूसँग लसपस गर्न छाडेर अब सबै नयॉं वैकल्पिक राजनीतिक शक्ति निर्माणमा केन्द्रित होऔँ,' उनले भनेका छन् ।

प्रकाशित: ९ पुस २०८१ २१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App