राजनीति

अग्नि खरेलको आरोप- माओवादी ०४७ तिरै फर्किन खोजेको छ

नेकपा (एमाले)का नेता अग्नि खरेलले संविधान संशोधनको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) २०४७ तिरै फर्किन खोजेको आरोप लगाएका छन् ।

मङ्गलबार (आज) नागरिकसँग संक्षिप्त कुराकानी गर्दै नेता खरेलले यस्तो आरोप लगाएका हुन् ।

संविधान संशोधनको कुरा आउँदा माओवादी केन्द्रले शासकीय स्वरूप नै परिवर्तन हुनुपर्ने माग गरेको उल्लेख गर्दै उनले भने, 'अहिले त्यो सम्भव देखिँदैन ।'

अगाडि उनले भने, 'सम्भव नै नहुने माग राख्नु संविधान संशोधन गर्नै हुन्न भनिएको हो । त्यो भनेको प्रकारान्तरले २०४७ तिरै फर्किने भनिएको हो ।'

माओवादी केन्द्रले संविधान सभाको 'नोट अफ डिसेन्ट' बुत्याउने भनिरहेको छ । त्यहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री बन्न नपाउनेलगायतका व्यवस्थाको माग गरिएको छ ।

यही प्रसङ्ग जोड्दै नेता खरेलले भने माओवादी केन्द्र २०४७ तिरै फर्किन चाहेको आरोप लगाएका हुन् ।

प्रकाशित: ९ पुस २०८१ २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App