राजनीति

एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो वरीयता ?

नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई तेस्रो वरीयता दिनेबारे छलफल सुरु गरेको छ ।

२०७८ भदौ १८ गते नेकपा (एमाले) त्यागेर नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका गौतमलाई तेस्रो वरीयता दिनेबारे छलफल सुरु भएको हो । तर, अहिल्यै उनलाई यही वरीयता दिने भन्नेबारेको छलफल निष्कर्षमा नपुगिसकेको नेताहरूले बताएका छन् ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गौतम निवास भैंसेपाटी नै गौतमलाई पुगेका थिए । त्यस क्रममा अध्यक्ष नेपालले पार्टीमा भएको छलफलको सार सुनाएका थिए ।

त्यसअघि बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टी भित्र्याउने निर्णय गरेको थियो । यसपछि पार्टीले गौतमलाई भित्र्याउने तयारी गरेको उपाध्यक्ष जयन्तीदेवी राईले जानकारी दिइन् ।

गौतमले भने आफूसहित आफ्ना साथमा रहेका नेताहरूसमेत पार्टीमा जाने र त्यसलाई एकता भनिनुपर्ने माग गरेका छन् ।

यसअघि उनी पुन: एमालेमै फर्किने तयारीमा थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले 'भाउ' नदिएपछि उनले एकीकृत समाजवादीसँग संवाद अगाडि बढाएका हुन् ।

यो पनि पढ्नुहोस्

बुहारी भित्रिए जसरी एकीकृत समाजवादी भित्रिन्नँ : वामदेव गौतम (अन्तर्वार्ता)

 

प्रकाशित: ५ पुस २०८१ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App