नेपाली कांग्रेस संस्थापनइतर नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै तिक्तता नभएको बताएका छन् ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका नेता-कार्यकर्ताहरूसँगको संवादमा क्रममा उनले यस्तो बताएका हुन् । 'उहाँ (शेरबहादुर देउवा) मेरो सभापति र नेता हो । मैले उहाँलाई दाइजस्तै मान्छु,' शेखरलाई उद्धृत गर्दै कञ्चनपुरका सभापति पदम बोगटीले भने ।
त्यहाँ शेखरले आफूले सभापति देउवालाई भेटेरै आएको बताएका थिए ।
१५औं महाधिवेशनलाई लिएर देउवा र शेखरबीच दूरी बढेको बताइन्छ । यसअघि कोशी प्रदेशको सम्मेलनमा पनि शेखर सहभागी भएनन् । त्यहाँ देउवाले शेखरबारे आफूलाई जानकारी नभएको बताएका थिए ।
पार्टीको संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका शेखर गगन थापाले साथ छाडेपछि आफ्नै तवरले तयारीमा जुटेका छन् । गगन भने संस्थापन बन्ने दाउमा छन् ।
यो पनि पढ्नुहोस्
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखरप्रकाशित: ५ पुस २०८१ १५:३९ शुक्रबार