राजनीति

'जनयुद्ध' नमान्ने सर्वोच्चको आदेशसँग चिढियो माओवादी, नेताहरूले भने- बेइमानीको पराकाष्ठा !

गत पुस ४ गते सर्वोच्च अदालतले 'जनयुद्ध' शब्द प्रयोग नगर्न अन्तरिमआदेश जारी गर्‍यो । 

ज्ञानेन्द्रराज आरणले संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा 'जनयुद्ध' शब्द प्रयोग भएकामा सो शब्द संविधानविपरीत रहेकाले हटाउन माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले भन्यो— जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२ को ५० प्रतिकूल भएsfले प्रयोग नगर्नू ।

सर्वोच्चको यो आदेशसँग जनयुद्ध लडेको नेकपा (माओवादी केन्द्र) चिढिएको छ । माओवादी केन्द्रका नेताहरूले अदालत पूर्वाग्रही रूपमा प्रस्तुत भएको बताएका छन् ।

यसबारे कसले के भने ?

जनार्दन शर्मा, उपमहासचिव

तिमी प्रतिबन्ध भएको सुनेँ, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिँडीमा सडाउन चाहन्छन् । धारालाई तिम्रो प्रतिकूल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महसुस गरेको छु । तर, युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरूपमा नयाँ पहिचान बोकेर पुरानो नाल होइन, वेभ बनेर फेरि आउनेछौ । देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्पसहित नयाँ पुस्ताको चाहनाअनुसार एआई मा सवार हुनेछौ । प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ ।

शक्ति बस्नेत, उपमहासचिव

एक प्रसिद्ध उखान छ कि 'यदि रेखागणितका स्वयंसिद्ध तथ्यहरूले मानिसको स्वार्थमाथि प्रभाव पार्ने भए तिनीहरूको पनि अवश्य खण्डन गरिन्थ्यो होला ।' युगीन महत्त्व बोकेका राजनीतिक, सामाजिक क्रान्तिको सन्दर्भहरूमा पनि मतैक्यता नहुनु आश्चर्यको विषय होइन । यति कुरा भने ढुक्कसँग भन्न सकिन्छ, जनताको अन्तर्हृदयलाई स्पर्श गरेका र जनताले दृढतापूर्वक आत्मसाथ गरेका विषयहरूको  वैधता र औचित्य समयक्रमसँगै थप पुष्टि हुँदै जानेछ । जनता सार्वभौम छन्।

खिमलाल देवकोटा, नेता

गर्वका साथ भनौँ, जनयुद्ध जिन्दावाद । जनयुद्धका उपलब्धि हसुर्नेले जनयुद्ध मान्दिनँ भन्ने प्रवृत्ति बेइमानीको पराकाष्ठा हो ।

रामप्रसाद सापकोटा, नेता

तिमी पञ्चायती मठाधीशले के भन्छौ मतलब भएन, हामी भन्छौँ— महान् जनयुद्ध जिन्दावाद !

यो पनि पढ्नुहोस्

सरकारलाई सर्वोच्चको आदेश- 'जनयुद्ध' शब्दको प्रयोग नगर्नू

 

प्रकाशित: ५ पुस २०८१ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App