नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाहिर हल्ला भएजस्तो सभापति शेरबहादुर देउवासँग आफ्नो असमझदारी नरहेको बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘सभापति देउवा हाम्रो आदरणीय नेता हो,’ कोइरालाले भने,‘बाहिर हल्ला आएजस्तो उहाँसँग मेरो कुनै किसिमको असमझदारी छैन ।
काेइरालाले कांग्रेस र नेकपा एमालेबिच बनेको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताए । कांग्रेस र एमालेबिच भएको सहमति अनुसार संविधान संशोधन समयमै गर्न भने उनले गठबन्धन सरकारको ध्यानाकर्षण गराए ।
कोइरालाले १५ औँ महाअधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको पनि प्रतिक्रिया दिए ।
प्रकाशित: ५ पुस २०८१ १४:०४ शुक्रबार