राजनीति

राष्ट्रिय सभामा पुग्यो पानीजहाज विधेयक

फाइल तस्विर

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ राष्ट्रिय सभामा दर्ता गरेको छ। यो विधेयक पानीजहाज सञ्चालनलाई सुरक्षित, व्यवस्थित र नियमित बनाउनका लागि ल्याइएको हो। 

विधेयकले पानीजहाजसँग सम्बन्धित पुराना ऐनहरूलाई संशोधन र एकीकरण गर्दै समकालीन आवश्यकतासँग मिलाएर तयार गरिएको हो। यस विधेयकलाई आगामी संसद्को अधिवेशनमा प्रस्तुत गरिनेछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मा नेपालमा पानीजहाज कार्यालय स्थापना गरेपछि, कानूनी अभावका कारण सो कार्यालय प्रयोजनहीन थियो। अब, करिब छ वर्षपछि, सरकारले यस क्षेत्रको व्यवस्थापनका लागि विधेयक तयार गरेको हो।

प्रकाशित: ५ पुस २०८१ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App