राजनीति

'वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिने'

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताएका छन्।

उक्त मन्त्रालयको संयोजन र खाद्य तथा कृषि सङ्गठनको सहयोगमा आज यहाँ आयोजित राष्ट्रिय नीति संवादमा उनले वनसँग सम्बन्धित जनसरोकारका विषयमा बाधा बनेका ऐन कानुन संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने प्रयास भइरहेको बताए।

'मुलुकाका सामुदायिक वन स्थानीय जनताको सहभागिता तथा सक्रियतामा व्यवस्थित हुनु हाम्रा लागि प्रेरणा हो', मन्त्री शाहीले भने। उनले देशका २३ हजारभन्दा बढी सामुदायिक वन सम्पदाको सदुपयोगबाट स्थानीय समुदायलाई गरिबीबाट उठाउन मद्दत मिलेको बताए।

मन्त्री शाहीले वनको दिगो व्यवस्थापन, वनमा आधारित उद्यमको विकास, पर्या–पर्यटन प्रवद्र्धन, कार्बन व्यापारलगायत वनसम्बन्धी गतिविधि बढाएर समृद्धितर्फको यात्रालाई सहज बनाउन सक्ने विचार व्यक्त गरे। उनले सामुदायिक वनमा आश्रित महिला, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत समूह र युवाको समानुपातिक सुनिश्चित गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: ४ पुस २०८१ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App