राजनीति

नलगाडमा माओवादी केन्द्रको शानदार जित

जाजरकोटको नलगाड नगरपालिकामा माओवादी केन्द्रले जितेको छ। नेकपा माओवादी केन्द्रकी देवका लामिछाने उपप्रमुखमा चार हजार २७२ मतसहित विजयी भएकी हुन्। 

उनकी प्रतिद्वन्दी कांग्रेसकी इन्द्रा चन्द (सिंहं)ले तीन हजार १४७ मत पाइन्। उनीहरूबीच एक हजार १२५ मतान्तर रहेको छ।  एमालेकी सुनिता बोहराले दुई हजार ५४२ मत प्राप्त गरिन्। 

यसअघि २०७९ को निर्वाचनमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन्। गत वर्ष भूकम्पमा परेर उनको निधन भएपछि निर्वाचन भएको हो। 

प्रकाशित: १७ मंसिर २०८१ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App