राजनीति

श्रीमान्‌सँग रविको बिलौना- देशभर मुद्दा हालेर हैरान पारियो

सहकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशभर मुद्दा हालेर हैरान पारिएको बिलौना पोखेका छन् ।

आइतबार जिल्ला अदालत कास्की पुर्‍याइएका उनले न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा यसरी बिलौना पोखेका हुन् ।

न्यायाधीशसँगको सवाल-जवाफको क्रममा रविले भने, 'श्रीमान् ममाथि अन्याय भएको छ । देशभर मुद्दा हालेर हैरान पारिएको छ । तर, सम्मानित अदालतप्रति आशावादी छु ।'

जवाफमा न्यायाधीश बेल्बासेले अनुसन्धानको चरणमा भएको स्मरण गराउँदै निर्दोष साबित हुनसक्ने ढाडस दिँदै तथ्यमा आधारित भई काम गर्ने बताएका थिए ।

विभिन्न सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रवि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

आज मात्रै उनलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रकाशित: ९ मंसिर २०८१ २१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App