राजनीति

एमालेलाई बालेनको एक लाख जरिबाना

सत्तारूढ नेकपा (एमाले)लाई काठमाडौं महानगरपालिकाले एक लाख जरिबाना गरेको छ ।

शुक्रवार काठमाडौंको दरबारमार्गमा जागरणसभा आयोजना गरेको एमालेलाई महानगरपालिकाले एक लाख जरिबाना गरेको हो ।

महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिबाना तिराएको जनाएको छ । 

महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा एमालेले सभा आयोजित स्थलमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको उल्लेख छ ।

प्रकाशित: ७ मंसिर २०८१ २०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App