राजनीति

कृषिमन्त्रीलाई भेटेर गगनले भने: किसान मर्कामा परे, उखुको समर्थन मूल्य तोकौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर महामन्त्री थापाले कुषिमन्त्री अधिकारीलाई भेटेका हुन्।

भेटमा महामन्त्री थापाले उखु किसान मर्कामा परेको भन्दै सरकारका तर्फबाट समर्थन मूल्य निर्धारण गर्न मन्त्री अधिकारीलाई सुझाव दिएका छन्।

थापाले कृषि अनुदान लिनेको नाम सार्वजनिक गर्न पनि कृषि मन्त्रीलाई आग्रह गरेका छन्।

भेटमा कृषिमन्त्री  अधिकारीले उखुको समर्थन मूल्य छिटै तोक्ने बताए। त्यस्तै उनले सार्वजनिक खरिद ऐनका कारण मल खरिदमा समस्या भएको पनि बताए। 

प्रकाशित: ६ मंसिर २०८१ १७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App