राजनीति

सांसद बजगाईंले माफी माग्दै भने– अभिव्यक्ति फिर्ता लिए

कांग्रेस सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन्। आफूले दिएको अभिव्यक्तिले अर्को पक्षलाई चोट पुगेको भन्दै माफी मागेका हुन्। 

उनले सामाजिक सञ्जालमा भनेका छन् “आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको महशुस भएकाले क्षमा प्रार्थी छु”।

 उनले केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले घुस लिएको आरोप लगाएका थिए। उनको सो अभिव्यक्ति विरुद्ध मन्त्रीपाण्डेले पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए।

समितिमा बजगाईंलाई बोलाएर संयोजक आनन्द ढुंगाना र महामन्त्री विश्वप्रकाश शर्माले स्पष्टिकरण सोधेका थिए।

समितिसँगको बयानपछि सांसद बजगाईंले फेसबुक र एक्समा क्षमा माग्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन्।

प्रकाशित: ५ मंसिर २०८१ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App