निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन अन्तर्गत बुधबार (आज) उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ। साथै, उम्मेदवारलाई नाम फिर्ता लिनको लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ।
त्यसपछि, दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ। दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने जनाएको छ।
कुल ४४ पदका लागि ४१० जनाले उम्मेदवारी दिएका छन्। मतदान यहीँ मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।
प्रकाशित: ५ मंसिर २०८१ ०८:३९ बुधबार