नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्व.दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनु भएको बताएका छन्।
सोमबार सानो गौचरणमा स्व. ढुगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका सभापति देउवाले यस्तो कुरा बताएका हुन।
उनले नेपाली कांग्रेसबाट स्व. ढुगाना सभामुख बन्नुभएको र निष्पक्ष रुपमा काम गर्नुभएको बताए। उनले पार्टीलाई अप्ठ्यारो बनाउनुभएको महसुस त्यो बेलामा गरे पनि अहिले आएर होइन भन्ने कुरा भान भएको बताए।सभापति देउवाले देशले एउटा इमानदार र ठुलो व्यक्ति गुमाएको बताए।
प्रकाशित: ३ मंसिर २०८१ १५:२१ सोमबार