राजनीति

सुद्धोदन-१ को वडाध्यक्षका लागि १४ जनाको मनोनयन दर्ता

स्थानीय तह उपनिर्वाचन अन्तर्गत कपिलवस्तुको सुद्धोदन गाउँपालिका १ को वडाध्यक्षमा १४ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रमुख राजनीतिक दलसहित दलबाट १० जना र ४ जना स्वतन्त्रले मनोनयन पत्र दर्ता गराएका हुन।

कांग्रेसले दिनेश कुमार यादव, नेकपा एमालेले माहोम्म ताहिर मसुलमान, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रफि माहोम्म मुसलमान जनमत पार्टीबाट सिताराम पटेल कुर्मी, जसपा नेपालबाट राम बहादुर कुर्मी चौधरी, रास्वपाबाट अवधेश कुमार चौधरी जसपाबाट रमेश कुमार पाण्डेयले मनोनयन दर्ता गराएका छन्।

यस्तै राप्रपाले ईनताज अहमद धोबी, नागरिक उन्मुत्ती पार्टीबाट सुर्य कुमार चौधरी थारु नेपाल कम्युनिस्ट पार्टी एकीकृतबाट सुबा थारु तथा स्वतन्त्ररुपमा अबदुल मुयीद मुसलमान, सर्वजित मल्लाह, अब्दुल अब्बल फकीर र पुजारी थारुले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतक प्रकाशचन्द्र अधिकारीले बताए।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित तिकराम यादवको निधन भए पछि  वडाध्यक्ष पद रिक्त भएको हो। दिनेश कुमार यादव स्वर्गीय तिलराम यादवका  छोरा हुन। उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ।

गत निर्वाचनमा कांग्रेस र एमालेको नै प्रतिस्पर्धा थियो। एमालेले अब्दुल मोजित खालाई उम्मेदवार बनाउने निर्णय गरे पनि अन्तिम समयमा माहोम्म ताहिर मसुलमानलाई उम्मेदवार बनाएको थियो। गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले एमालेका अब्दुल मोजिब खालाई पराजित गरी दोश्रो कार्यकालका लागि निर्वाचित भएका थिए। वडामा कुल ४ हजार ८६८ मतदाता रहेका छन्। 

प्रकाशित: २ मंसिर २०८१ १८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App