मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ। आइतबार कीर्तिपुर महानगरपालिका प्रमुख र वडा नम्बर ४ को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन्।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेको तर्फबाट मेयरमा डा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपाबाट मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दिएका छन्। जसपा नेपालबाट मेयरमा तेस्रो लिङ्गी दीपक महर्जनले उम्मेदवार दिएका छन्। अन्य उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ।
प्रकाशित: २ मंसिर २०८१ १५:१७ आइतबार