राजनीति

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री अधिकारीले पदबाट राजीनामा दिँदै

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन्।

पत्रकार सम्मेलन गरी राजीनामाका विषयमा जानकारी दिने मन्त्री अधिकारीले बताए। संघीय सरकारलाई जानकारी नगराइ विदेश भ्रमणमा गएको विषय विवादित बनेपछि मन्त्रि अधिकारी अन्ततः राजीनामा दिने मुडमा पुगेका हुन्। 

सरकारलाई जानकारी नगराई उनी जापान गएका थिए। मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने कानुनी व्यवस्था छ। 

त्यस्तै विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा प्रदेश मन्त्रिपरिषद्को निर्णय पठाउनु पर्नेमा उनले मन्त्रिपरिषद्को अनुमति लिएका थिएनन्।

 उनी नेकपा एमालेको तर्फबाट कोशी प्रदेश सरकारमा थिए।अधिकारीले नैतिकताका आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ ।

प्रकाशित: २१ कार्तिक २०८१ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App