राजनीति

१६५ जना युवालाई २५ लाखसम्म स्टार्टअप कर्जा उपलब्ध: प्रधानमन्त्री

<br>

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै १६५ जना युवालाई २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा उपलब्ध गराएको बताएका छन्।

वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थप ५ हजार १५८ जनाको स्टार्टअप कर्जा प्रस्ताव आएको र छानिएका उद्यमीहरूलाई पुस मसान्तसम्म कर्जा प्रदान गरिने बताएका छन्।

उनले युवालाई उद्यमशीलतामा प्रेरित गर्न सरकारले विना धितो कर्जा प्रवाह गरेकोमा गर्व व्यक्त गरे।

प्रकाशित: ७ कार्तिक २०८१ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App