राजनीति

लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका छन्।

शनिवार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका हुन्। उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए।

उनीहरूले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरूलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन्। रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो।

सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ। 

प्रकाशित: ३ कार्तिक २०८१ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App