राजनीति

वनमन्त्री शाही र भुटानका ऊर्जा मन्त्रीबिच भेटवार्ता

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र रोयल गभरमेन्ट अफ भुटानका ऊर्जा तथा प्राकृतिक श्रोत मन्त्री जेम छिरिंगबीच शिष्टाचार भेटवार्ता भएको छ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भुटानको परापुर्वकाल देखिको घनिष्ठ सम्बन्ध अझ प्रगाढ बनाउने बिषयमा छलफल भएको सचिवालयले जनाएको छ।

सोही भेटवार्तामा नेपाल र भुटानको  धार्मिक संस्कृति सामाजिक आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउने बारेमा कुराकानी भएको छ।

भेटघाटले दुई पक्षिय र क्षेत्रीय सम्बन्ध अझ बिस्तार हुने वन मन्त्री शाहीले बताए। मन्त्री शाहीले भने,'भुटानले पछिल्लो समयमा जलविद्युत ऊर्जा प्राकृतिक श्रोतको संरक्षण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ। जैविक खेती नगदे, रैथाने बालीको संरक्षणमा भुटान उदाहरणीय मुलुक बनेको छ।'

प्रकाशित: ८ आश्विन २०८१ १७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App