राजनीति

संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य हुँदैन: सांसद भुसाल

राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्ने कुरा सह्य नहुने बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन।उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताए।

उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने रु कस्तो संशोधन गर्ने रु केका निम्ति संशोधन गर्ने रु भन्ने प्रश्न रहेको बताए । उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए।

सांसद भुसालले दुई दलबिचको सहमतिले संविधानका मूलभूत मान्यताहरूमाथि प्रहार गर्न नपाइने बताए।उनले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

प्रकाशित: २ भाद्र २०८१ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App