राजनीति

खड्काको शव नेपाल ल्याँइदै, अन्तिम संस्कार भोली

काठमाडौं- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्तिम संस्कार आइतबार गरिने गएको छ। खड्काको पार्थिव शरीरलाई आज (शनिबार) राति ९ बजे जेट एयरको उडानद्वारा नेपाल ल्याउने र राति खडकाकै निवासमा राखिने नेपाली कांग्रेसले जनाएको छ।

बेलायतमा उच्च शिक्षा अध्ययनरत उनका छोरा अनुराग खड्का आइतबार विहान काठमाडौँ आउने जनाइएको छ। आइतबार विहान खड्काको आफ्नै निवास, सानेपा, ललितपुरमा धार्मिक संस्कार, विधि र परम्परा अनुसार गर्नु पर्ने प्रकृया पुरा गरिसकेपछि विहान ९  बजेदेखि अपरान्ह १ बजेसम्म उनको पार्थिव शरीरलाई पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।  कार्यक्रम रहेको छ ।

२०७४ चैत्र ९ गतेदेखि निर्वाचन समिक्षा सम्बन्धमा चलिरहेको केन्द्रीय कार्यसमितिको आइतबार ११ बजे बस्ने भनिएको सातौ दिनको बैठक स्वर्गीय खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको छ।

 

प्रकाशित: १७ चैत्र २०७४ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App