राजनीति

खड्काको निधनमा देउवाले भने : मुलुकले अनुभवी नेता गुमायो

काठमाडौं- कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। देउवाले ट्विट गर्दै लोकतान्त्रिक आन्दोलनका लागि खड्काले जीवनभर निकै ठूलो सघर्ष गरेको बताएका छन्। उनले भनेका छन् कांग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खवरले निकै दुःखी भएको छु। खड्काको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको देउवाले उल्लेख गरेका छन्।

भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए।

प्रकाशित: १६ चैत्र २०७४ १३:२९ शुक्रबार

खड्काको निधनमा देउवाले भने मुलुकले अनुभवी नेता गुमायो