काठमाडौं– युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा खस आर्यको आरक्षण अन्त्य गर्न सिफारिस गरेकोमा अगुवा नागरिक पनि रिसाएका छन् ।
आफ्नो पेशा व्यवसायमा विशिष्टता हासिल गरेका २२ जना व्यक्तिले ‘केही सजग नागरिकको आह्वान तथा चेतावनी’ शिर्षकमा जारी गरेको वक्तव्यमा सरकारले अनावश्यक रुपमा विचारै नगरी सहयोग पाए भन्दैमा लिने परिपाटीले गर्दा पनि इयूले हेपेको उल्लेख गरेका छन् । उनीहरुले भनेका छन्, ‘जसले जे सहयता दिन्छु भन्यो, त्यो देशको हितमा छ छैन बिचारै नगरी हाथ थापेर लिने परिपाटी सरकारले बन्द गरोस भन्ने आह्वान गर्दछौँ । यस्तो परिपाटी अपनाउनाको कारणबाट इ यु ले हेप्न सकेको हो भन्ने हाम्रो ठम्याई छ।’
प्रकाशित: १६ चैत्र २०७४ ११:३५ शुक्रबार