राजनीति

कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति थापाद्वारा शपथग्रहण

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन। सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनियताको शपथ ग्रहण गराएका हुन।

डा आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी हुन । शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरिन ।  

प्रकाशित: १६ श्रावण २०८१ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App