राजनीति

गृहमन्त्रीको दाबी: निर्मला पन्तको अनुसन्धान अन्तिम चरणमा पुगेको छ

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका छन्। 

आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सरकार निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका हुन्।

उनले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको उनले जिकिर गरे। उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए। गल्ती गरेको जो कोही पनि बच्नु र बचाउन नहुने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री लामिछानेले प्रहरीसँग भने: मेरो बारेमा पनि अनुसन्धान गर्नुस्

यो पनि पढ्नुहोस्

गृह मन्त्रालयबाट यसरी बिदा भए रवि लामिछाने (तस्बिरहरू)

प्रकाशित: ३० असार २०८१ १४:२९ आइतबार

#Nirmala Pantha Case #Rabi Lamichhane