राजनीति

केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार पार्ने जिम्मा इन्चार्ज र सचिवलाई : नेकपा एस

नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरूलाई केन्द्रीय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

आइतबारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो कुरा बताएका हुन।उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए।

उनले जिम्मेवारी अन्तर्गत केही दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए । उनले बढीमा १० दिनभित्रमा केन्द्रीय कमिटी सदस्यको टुंगो लगाउने बताए।पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने पनि नेता खतिवडाले बताए । 

प्रकाशित: २३ असार २०८१ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App