राजनीति

आगामी आर्थिक वर्षमै उपभोक्ता अदालत स्थापना हुन्छः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत आगामी आर्थिक वर्षमा स्थापना हुने बताएका छन्।

शुक्रबार नेकपा एमाले निकट उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भण्डारीले सरकारको नीति तथा कार्यक्रममा उक्त विषय आइसकेको बताएका हुन्।

‘नीति तथा कार्यक्रममा आइसकेको उपभोक्ता अदालतको विषय बजेटमा समेत सुनिश्चित भइसकेको छ। यसैले आगामी आर्थिक वर्षमा स्थापना हुन्छ,’ मन्त्री भण्डारीले भने।

बजार अनुगमन लगायतका क्रियाकलाप भइरहे पनि प्रभावकारी हुन नसकेको अवस्थामा उपभोक्ता अदालत स्थापनापछि सहज र भरपर्दो हुनेमा आशावादी रहेको मन्त्री भण्डारीले बताए।

यस्तै,उपभोक्ता अदालत स्थापनाका लागि भवनको खोजी भइरहेको समेत मन्त्री भण्डारीले बताएको उनको सचिवालले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ १२:३४ शुक्रबार

#Minister of Industry Commerce and Supplies #Damodar Bhandari