राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

क्याप्शन

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा आजबाट सुरु हुने बर्खे अधिवेशन अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।

सचिवालयका प्रवक्ता एकराम गिरीले बैठक दिउँसो १२ः३० बजे बस्ने छ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ ११:०३ शुक्रबार

#devraj_ghimire #meetings #president_house