राजनीति

इलाम २ मा सुहाङ विजयी

इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका छन्। खड्काभन्दा सुहाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एवं संविधान सभाका अध्यक्ष एमाले नेता सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो।

प्रकाशित: १८ वैशाख २०८१ ०६:०४ मंगलबार

इलाम क्षेत्र नम्बर २ नेकपा (एमाले) सुहाङ नेम्बाङ