राजनीति

मधेसमा नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद् विस्तार गरेका छन्। चौथो पटक विश्वासको मत पाएका मुख्यमन्त्री यादवले बिहीबार मन्त्रीपरिषद् बिस्तार गरेका हुन्।

मुख्यमन्त्री यादवले माओवादी केन्द्रको तर्फबाट दुई, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट एक/एक मन्त्री थप गरेका छन्।

माओवादीबाट भरत प्रसाद साह विना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, एकीकृत समाजवादीबाट बेची लुङ्गेली विना विभागीय र एमालेकी शारदा थापा गृह, सञ्चार तथा कानुन राज्यमन्त्री बनेकी छिन्।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। 

प्रकाशित: ६ वैशाख २०८१ १७:१३ बिहीबार

मधेस प्रदेश