राजनीति

इलाम २ मा माओवादी केन्द्रबाट धिरेन शर्मा सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि केन्द्रीय सदस्य धिरेन शर्माको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।

साताअघि चार जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटीले चारमध्ये शर्माको एकल नाम पुनः प्रदेश कमिटीमा पठाएको माओवादीले जनाएको छ। केन्द्रीय सदस्य शर्माले जिल्लाले आफ्नो एकल नाम प्रदेशमा पठाएको जानकारी दिएका छन्।

उनले प्रदेशबाट पनि सोमबार केन्द्रमा सिफारिस हुने बताए। ‘आज प्रदेशले केन्द्रमा नाम पठाएपछि केन्द्रले सम्भवतः सत्तारुढ दलसँग छलफल गरी बझाङसमेतको सहमतिका आधारमा नाम टुंगो लगाउनेछ,’ उनले भने, ‘जिल्लाबाट चाहिँ एक जनाको नाममा निर्णय भएको छ।’

माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यत्रय उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो।

प्रकाशित: १९ चैत्र २०८० १३:२५ सोमबार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र उप निर्वाचन धिरेन शर्मा