राजनीति

बुधबारको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री उपस्थित हुने

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।

समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो।

समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई बोलाएको छ।

उपप्रधान एवम गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य रहेका थिए। उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वत पदेन सदस्य भएका हुन्।

प्रकाशित: १३ चैत्र २०८० १८:२० मंगलबार

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति