राजनीति

मुख्यसचिवको अनियमितता प्रकरणबारे आगामी मन्त्रीपरिषद्को बैठकमा कुरा राख्छुः रक्षामन्त्री

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रीपरिषद्मा कुरा राख्ने बताएका छन्।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा जोडिएको तर सँगै मन्त्रीपरिषद्मा राखेर निर्णय गर्न सरकारलाई नैतिकताले दिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आगमी मन्त्रीपरिषद्को बैठकमा यसबारेमा कुरा उठाउने बताए।

उनले भने, ‘मन्त्रीपरिषद्मा यो विषयमा म कुरा राख्छु। अहिले यो विषयमा छलफल भएको छैन। कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन। आवश्यक विषय के कस्तो छ म कुरा राख्दछु।’

मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोप लागेको छ।  

प्रकाशित: ७ चैत्र २०८० १८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App