राजनीति

रास्वपाको संसदीय दलको बैठक सिंहदरवारमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले सिंहदरवारमा जारी छ। 

भोलि संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले बताए।

पछिल्लो समय बनेको नयाँ गठबन्धन सरकारमा रहेको रास्वापले विश्वासको मत दिनेबारे छलफल गर्न लागेको हो।

प्रकाशित: २९ फाल्गुन २०८० ०९:२१ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक मुकुल ढकाल