राजनीति

सुदूरपश्चिममा पनि माओवादीका ३ मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्। केन्द्रमा सत्ता गठबन्धन टुटेपछि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री शाहले मंगलवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेको जानकारी दिएका छन्।

उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई बर्खास्त गरिएको उनले बताए।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रकाशित: २२ फाल्गुन २०८० १३:५३ मंगलबार

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह सरकार माओवादी केन्द्र